टी–२० विश्वकपको सुपर आठ पुगे नेपाली टोलीलाई २० लाख पुरस्कार : डा. सुनिल शर्मा

नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर आठ चरणमा नेपाली क्रिकेट टोली प्रवेश गरे २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आज सम्पन्न विश्वकपमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै डा. शर्माले खेलाडी र उनीहरूको परिवारको उपचारको सम्पूर्ण जिम्मेवारी काठमाण्डौ मेडिकल कलेजले लिने जानकारी दिनुभयो।

उहाँका अनुसार क्यान र काठमाण्डौ मेडिकल कलेजबीच खेलाडी तथा उनीहरूको परिवारको उपचारका लागि दुई वर्षे सम्झौता भएको छ। सम्झौता अवधि समाप्त भएपछि पुनः नवीकरण गरिने पनि उहाँले बताउनुभयो।

त्यस अवसरमा डा. शर्माले खेलाडीहरूको दीर्घकालीन व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याउँदै, खेल जीवनपछि पनि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने नीति ल्याउन सरकारसँग आग्रह गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.