प्लानिङ ब्वाइजको विजयी सुरुवात, पुलिस क्लब १–० ले पराजित

प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराउँदै राष्ट्रिय लिग फुटबलमा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा प्लानिङले पुलिसलाई १–० गोलले हराएको हो । प्लानिङको जीतमा शङ्कर रानाले ५३औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.