प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, समानुपातिकतर्फ ८९ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको ८९ लाख १७ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ। आयोगका अनुसार मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा तीव्र गतिमा भइरहेको छ।

पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छापिएको आयोगले जनाएको छ। आयोगले कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत कुल मतदाता संख्याभन्दा केही प्रतिशत बढी मतपत्र छापिनेछ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाइ गर्न बाँकी रहेको छ। यसैबीच हालसम्म २० हजार ८३० बाकस बराबरका मतपत्र प्याकिङ भइसकेका छन् भने अझै १४ हजार ४२० बाकस बराबरका मतपत्र प्याकिङ गर्न बाँकी रहेको जनाइएको छ।

जनक शिक्षा सामग्री केन्द्रले १० लाख ९८ हजार २०० थान मतपत्र नमूना स्वरूप निर्वाचन आयोगमा पठाइसकेको जनाएको छ। समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिने आयोगले जानकारी दिएको छ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन आउन अब ४५ दिन बाँकी रहेकाले आयोगले निर्वाचन तयारीलाई तीव्र बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.