मकवानपुर। तामाङ समुदायमा वार्षिक रूपमा मनाइने सोनाम ल्होछार माघ कि फागुन भन्नेबारे अन्योलका बीच पनि तामाङ समुदायहरुले माघमा नै कार्यक्रम गर्न थालेका छन । परम्परागत रूपमा माघ महिनामा ल्होछार मनाउने चलन भए पनि, केही वर्षयता समय समयमा फागुन महिनामा मनाउने वा मिति तय गर्न विवाद हुने गरेको छ। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले बिशेष पोष्टसंग कुराकानी गर्दै भने यसपाली ल्होछार फागुनमा परेको छ , कार्यक्रमहरु माघमा गरेपनी घरमा गरिने पुजा फागुन मै गर्नुपर्ने
तामाङहरूको चन्द्र पात्रोअनुसार मिति निर्धारण गरिन्छ। तर, समुदायका प्रतिनिधिहरूको अनुसार यसमा समस्या आउनुको मुख्य कारण नेपाल तामाङ घेदुङ लगायत सम्बन्धित संस्थाहरूले समयमै सरकारका पञ्जिकरण समिति वा अन्य निकायलाई जानकारी नदिनु हो।
तामाङहरू भन्छन्, “ल्होछार आउनु एक महिना पहिले मात्रै घेदुङहरूले निद्राबाट बिउँझेर मिति घोषणा गर्छन्, जसका कारण केही वर्षहरूमा मिति विवाद उत्पन्न हुन्छ।”
विशेषज्ञहरू र तामाङ समाजका प्रतिनिधिहरू यस विवादलाई समाधान गर्न सार्वजनिक छलफल र समयमै मिति पञ्जिकरण गरिनुपर्ने सुझाव दिएका छन्। यसरी मात्र समुदायभित्र पारदर्शिता र सहमति कायम रहन सक्ने उनीहरूको भनाइ छ।
नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेले बिशेष पोष्टसंग कुराकानी गर्दै भने यसपाली ल्होछार फागुनमा परेको छ , कार्यक्रमहरु माघमा गरेपनी घरमा गरिने पुजा फागुन मै गर्नुपर्ने बताए। सरकारले आफ्नो पात्रो अनुसार ल्होछारको बिदा राख्दा चन्द्र पात्रोको मितिसंग नमिलेको कारण यस्तो समस्य आएको उनले बताए ।






















































