पत्रकार ऋषि धमला पत्रकारिता छोडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश

पत्रकार ऋषि धमला पत्रकारिता छोडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् । आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट मनोनयनका लागि सोमबार रौतहट प्रस्थान गरेका छन् ।

उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको यो निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन् । गौतमले लामो समय पत्रकारितामार्फत सत्यका पक्षमा उभिँदै आएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।

साथै, यो यात्रा पदका लागि नभई जनसेवाका लागि भएको उल्लेख गर्दै आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएकी छन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.