मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेसको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएकी डिना यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहँदै आएका लामा स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव भएका नेता मानिन्छन्।
प्रतिकृया दिनुहोस्



































