कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ निवासी १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा घाइते भएका सोही स्थानका २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
प्रतिकृया दिनुहोस्




































