हेटौँडामा खैरो हेरोइनसहित तीन जना पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित फारलाईन सेल्फी रोडबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो हेटौँडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना.२ ह ९४४ नम्बरको अटो जाँच गर्ने क्रममा ४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय उमेश विक, वडा नम्बर ४ का ५० वर्षीय देब लामा तथा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ केराबारीकी २९ वर्षीया सिर्जना दोङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.