हेटौंडा उपमहानगरपालिका–८ अन्तर्गतको औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन उद्योगको स्टोरमा आगलागी भएको छ।
गएराति करिब ११ः५० बजेतिर जस्तापाताले छाइएको स्टोर कक्षमा विद्युत् तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। उक्त स्टोरमा साबुन तथा कार्टुनलगायतका सामग्री भण्डारण गरिएको थियो।
आगलागीको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर, सशस्त्र प्रहरी बल नेपाल १४ नं गण, हेटौंडा उपमहानगरपालिकाका दुई दमकल र स्थानीयवासीहरूको सक्रिय सहयोगमा आगो समयमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्






















































