भीमफेदीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, अध्यक्ष लामाद्वारा ‘छेलो’ फालेर उद्घाटन

भीमफेदी, मकवानपुर ।
२०८२ माघ १५-भीमफेदी गाउँपालिकाको आयोजनामा तथा महेन्द्र माध्यमिक विद्यालयको समन्वयमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि भव्य रूपमा सुरु भएको छ। सिमलटार खेल मैदानमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष हिदम लामाले परम्परागत खेल छेलो फालेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा सहभागी विद्यालयका विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। प्रमुख अतिथि अध्यक्ष लामाले खेलकुदले विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास र शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भीमफेदी गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रशासन प्रमुख चेतनाथ न्यौपाने विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै उपाध्यक्ष सञ्जीव श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरू, कार्यालय प्रमुखहरू तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगितामा भीमफेदी गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालय सहभागी छन्। गाउँपालिकाको ३ नम्बर वडामा भने हाल माध्यमिक विद्यालय नरहेको जानकारी दिइएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय सहकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, बुद्धिजीवी तथा स्थानीय व्यापारीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षिका सकिला भुजेलले गर्नुभएको थियो। गाउँपालिकाका शिक्षा अधिकृत चक्र साउदले धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठले गर्नुभएको थियो। उहाँले प्रतियोगिता सफल बनाउन सहयोग तथा प्रायोजन गर्ने सम्पूर्ण संघ–संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै उद्घाटन सत्र समापन गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.