नेपालमै पहिलोपटक सालक संरक्षणसम्बन्धी सम्मेलन आयोजना हुने

जमिनमुनि लुकेर बस्ने तर प्रकृतिका लागि ठूलो योगदान दिने सालक अब छलफलको केन्द्रमा आउने भएको छ। नेपालमै पहिलोपटक चितवनको माडीमा सालक संरक्षणसम्बन्धी सम्मेलन आयोजना हुने भएको हो।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा आउँदो माघ २६ गते माडी नगरपालिका–६ मा सम्मेलन हुन लागेको हो। सम्मेलनमा बागमती प्रदेशअन्तर्गतका १३ वटै डिभिजन वन कार्यालयका प्रमुखहरू सहभागी हुनेछन्।

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न जिल्लाका सामुदायिक वनका प्रतिनिधि, संरक्षणकर्मी तथा विज्ञहरूको समेत उपस्थिति रहनेछ।

प्रायः जमिनमुनि बस्ने सालक हाल सङ्कटापन्न अवस्थामा रहेको छ। कमिला र धमिरा मात्र खाने भएकाले यसले अन्नबालीमा कुनै क्षति नगर्ने र माटो खोतल्दै जमिनलाई उर्वर बनाउने भएकाले किसानका लागि उपयोगी जनावर मानिन्छ।

सालकको वर्तमान अवस्था, संरक्षण आवश्यकताको कारण, संरक्षणमा देखिएका चुनौतीलगायत विषयमा सम्मेलनमा गहन छलफल गरिनेछ। सम्मेलनको अन्त्यमा सालक संरक्षणका लागि ‘माडी घोषणा पत्र’ जारी गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.