‘फ्री भिसा टिकट’ र तालिम प्रक्रिया हटाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकलाई ठग्ने सबै ‘सिन्डिकेट’ तोड्ने र ‘फ्री भिसा टिकट’, अभिमुखीकरण तथा तालिमसम्बन्धी अव्यवहारिक कार्यविधि एक महिनाभित्र खारेज गरिने घोषणा गरेका छन्।

मन्त्रालयको अर्ध–वार्षिक प्रगति समीक्षामा मन्त्री भण्डारीले भने, “हामी कहाँ नीति, नियम देखाएर श्रमिकमाथि दुःख दिने गरिएको छ। मेरो कार्यकालभित्र सबै सिन्डिकेट तोडिदिन्छौँ।” यसअघि उनले वैदेशिक रोजगारका लागि तोकिएको अधिक शुल्क समेत खारेज गरिसकेका छन्।

नयाँ व्यवस्था अनुसार मन्त्रालय स्वयं श्रमिकलाई विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र अभिमुखीकरण तालिम सञ्चालन गर्नेछ। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षले दोहोरिएका कार्य योजनामा बजेट नखर्च गर्न सुझाव दिए भने सचिव डा. दीपक काफ्लेले विभागहरूलाई तीव्रता बढाउन निर्देशन दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.