समानुपातिकतर्फ ३,१३५ उम्मेदवार, महिलाको संख्या बढी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको अन्तिम बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ महिलाको सहभागिता उल्लेख्य रहेको पाइएको हो ।

आयोगका अनुसार अन्तिम बन्दसूचीमा कूल एक हजार सात सय ७२ जना महिला उम्मेदवार रहेका छन् भने पुरुष उम्मेदवारको संख्या एक हजार तीन सय ६३ जना छ । समानुपातिक प्रणालीतर्फ ६३ राजनीतिक दल सहभागी रहेका छन् । आयोगले यस निर्वाचनका लागि कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ ।

अन्तिम सूचीअनुसार समानुपातिकतर्फ कूल तीन हजार एक सय ३५ जना उम्मेदवार कायम भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र सोहीसम्बन्धी नियमावलीअनुसार आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।

यद्यपि, आयोगले विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको जनाएको छ । हटाइएका नाममध्ये २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति रहेका छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा समेत नाम समावेश भएका २५ जनाको नाम हटाइएको छ ।

यसैगरी, तोकिएको जरिवाना नतिरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रसँग सम्बन्ध नभएका एक जना तथा सम्बन्धित राजनीतिक दलकै अनुरोधमा नाम हटाइएका १० जनाको नाम पनि अन्तिम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.