मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका एक अधिकारीले पक्राउको पुष्टि गरेका छन्, तर उनलाई लागेको अभियोगबारे विवरण खुलाइएको छैन।
प्रसाईं सार्वजनिक अभियान “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”का संयोजक समेत हुन्। उनी गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। प्रहरीले माघ ५ गते पोखराबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको थियो। यसअघि उनी सार्वजनिक शान्ति विरुद्धको कसुरमा संलग्न भएको आरोपमा हिरासतमा थिए।
प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्तिहरू दिएका थिए। आयोगले उक्त विषयमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।
प्रतिकृया दिनुहोस्


































