हेटौँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

हेटौँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, सान्नानटारमा दिउँसो करिब ३ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही बस्ने अन्दाजी २८ वर्षीय जगदिश थारु गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

मोटरसाइकलको पछाडि सवार दाङ, राप्ती गाउँपालिका–६ का अन्दाजी २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको दाहिने हात र आँखा मुनि चोट लागेको छ। हाल उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालक फरार भएका थिए। प्रहरीले केही समयपछि हेटौँडा–१५ भोर्लेका अन्दाजी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.