सौराहामा ‘लोम लिडर्स एकेडेमी २०२६’ सम्पन्न, जेसीज नेतृत्वलाई समुदायमुखी कार्यमा सक्रिय बन्न आह्वान

हेटौंडा । नेपाल जेसीजको आयोजनामा ‘लोम लिडर्स एकेडेमी २०२६’ सम्पन्न भएको छ। फागुन १ र २ गते पर्यटकीय नगरी सौराहामा आयोजित उक्त कार्यक्रममा देशभरका शाखा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानअन्तर्गत वर्ष २०२६ को राष्ट्रिय प्रकरण “Aim • Act • Achieve” लाई मूल मन्त्रका रूपमा अघि सार्दै एकेडेमी सञ्चालन गरिएको थियो। स्पष्ट लक्ष्य निर्धारण, योजनाबद्ध कार्यान्वयन र उपलब्धिमुखी परिणाम हासिल गर्ने सोचसहित समुदायमा दिगो प्रभाव सिर्जना गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजकले जनाएको छ।

कार्यक्रमका अध्यक्ष तथा जीवन कार्कीले नेतृत्वको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताले मात्र संगठन तथा समुदायमा सार्थक परिवर्तन सम्भव हुने बताए। उनले सिकाइलाई व्यवहारमा उतार्दै शाखा तहबाटै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

दुई दिनसम्म चलेको एकेडेमीमा नेतृत्व विकास, संगठन व्यवस्थापन, रणनीतिक योजना निर्माण, टोली समन्वय र उत्तरदायित्वका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रस्तुतीकरण, समूह छलफल तथा अन्तरक्रियात्मक अभ्यासमार्फत सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप हस्तान्तरण गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम उत्तम जोशीको प्रमुख आतिथ्यता र अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। वक्ताहरूले अनुशासन, सकारात्मक सोच र उत्तरदायित्वसहित समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न जेसीजकर्मीलाई प्रेरित गरेका थिए।

सहभागीहरूले प्राप्त ज्ञानलाई आ–आफ्ना शाखामा कार्यान्वयन गर्दै राष्ट्रिय प्रकरणको भावनाअनुसार वार्षिक योजना प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकका अनुसार एकेडेमीले शाखा नेतृत्वबीच सहकार्य, अनुभव आदान–प्रदान तथा सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.