निर्वाचन आउन १४ दिन बाँकी, अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि जारी

जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा तयारी तीव्र पारिएको छ। निर्वाचन हुन अब १४ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग ले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन उक्त कार्यविधि ल्याइएको आयोगले जनाएको छ। मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि निर्माण गरिएको हो।

कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्नेछ। आवश्यक परे राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था पनि गरिएको छ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिने कर्मचारी र सुरक्षाकर्मी तथा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिने जनाइएको छ।

निर्वाचन नजिकिँदै जाँदा आयोगले मतदाता नामावली अद्यावधिक र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.