हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा, क्लिङ्कर उत्पादन शुरू

मकवानपुरको हेटौंडास्थित सिमेन्ट उद्योग लामो समयको निष्क्रियतापछि पुनः सञ्चालनतर्फ फर्किएको छ। गएको भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले अहिले क्लिङ्कर उत्पादन पुनः शुरू गरेको जानकारी उद्योगका सूचना अधिकारी हरेराम आचार्यले दिएका छन्।

उद्योगले अब क्लिङ्करसँगै प्याकिङ प्रक्रिया अघि बढाएर छिट्टै सिमेन्ट बजारमा पठाउने तयारी गरिरहेको छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक सातदेखि आठ सय क्विन्टल उत्पादन गर्ने क्षमता भए पनि हालका लागि करिब ६ सय क्विन्टल उत्पादन गर्ने लक्ष्य राखिएको बताइएको छ।

२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरू गरेको थियो। अहिलेको पुनःसञ्चालनले स्थानीय अर्थतन्त्रमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.