हेटौंडा / हेटौंडा ११ मा समुदायमा आधारित रोग निगरानी वडास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा अनपेक्षित रुपमा देखापर्ने विभिन्न खालका सरुवा तथा नसर्ने रोग केकस्ता हुन्छन् र त्यसको समाधानका उपाय केहो र यस्ता समस्याहरु समाधान कुन संस्थाले गर्छ भन्ने बिषयमा समुदायमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नवलपुर आधारभूत स्वास्थ्य केन्द्रकि प्रमुख मीना कुमारीले जानकारी दिइन् । हेटौंडा उपमहानगर पालिका , नवलपुर आधारभूत स्वास्थ्य केन्द्र हेटौंडा ११ , मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रकि मीना कुमारी , पिएचआरडीकी प्रतिनिधि नम्रता सिलवालले सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि , विद्यालयका प्रअ , टोविस अध्यक्ष , स्वास्थ संस्थाका ब्यवस्थापन समिति , महिला स्वास्थ्य स्वयंसेविका , आमा समुह , मेलमिलाप कर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।






















































