मकवानपुरमा डेङ्गु र स्क्रब टाइफसको प्रकोप बढ्दो, हेटौँडा सबैभन्दा प्रभावित

मकवानपुरमा पछिल्लो समय डेङ्गु संक्रमण तीव्र रूपमा फैलिँदै गएको देखिएको छ। चालु आर्थिक वर्षको करिब साढे आठ महिनाको अवधिमा २१२ जनामा संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

विशेषगरी हेटौँडा उपमहानगरपालिका डेङ्गुको सबैभन्दा ठूलो प्रभावित क्षेत्र बनेको छ, जहाँ मात्रै १६९ जना बिरामी भेटिएका छन्। अन्य स्थानहरूमा पनि संक्रमण फैलिएको छ—भीमफेदीमा १७ जना, मकवानपुरगढी र मनहरीमा समान ९/९ जना, बकैयाँमा ३ जना तथा बागमती र कैलाश गाउँपालिकामा २/२ जना संक्रमित फेला परेका छन्। राक्सीराङ गाउँपालिकामा समेत १ जना संक्रमित पुष्टि भएको छ।

यससँगै जिल्लामा स्क्रब टाइफसका बिरामी पनि बढिरहेका छन्। हालसम्म ४८ जना यस रोगबाट प्रभावित भएका छन्, जसमा २६ जना हेटौँडाकै हुन्।

बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन स्थानीय तह र स्वास्थ्य निकायले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन्। यस अभियानमार्फत समुदायस्तरमै सचेतना र सरसफाइमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.