मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा मकवानपुरकी योञ्जन लगाएत ४ जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा अभियुक्तहरूले प्रलोभन देखाएर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको र केहीलाई हङकङमा राम्रो तलबको काम दिलाइदिने भन्दै कम्बोडिया पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.