बागमती प्रदेशका मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण छानबिन, घर–कार्यालयमा छापा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको घेरामा परेका छन्। सोमबार सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनको निवास र कार्यालयमा एकसाथ छापा मार्दै आवश्यक कागजातहरू नियन्त्रणमा लिएको छ।

हेटौंडाको सानोपोखरास्थित निवाससँगै ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ कार्यालयमा पुगेको टोलीले आर्थिक कारोबारसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरू संकलन गरेको स्रोतको भनाइ छ। ती कागजातका आधारमा थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

यस क्रममा काठमाडौंका नक्साल र सुन्धारामा रहेका केही स्थानमा समेत खोजतलास गरिएको छ। प्रारम्भिक अनुसन्धानमा बानियाँसँग सम्बन्धित सम्पत्ति र वित्तीय गतिविधिमा अस्वाभाविकता देखिएपछि विभाग सक्रिय भएको बुझिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ विगतमा निर्माण व्यवसायमा संलग्न थिए। हाल पनि विभिन्न क्षेत्रमा उनको लगानी रहेको बताइँदै आएको छ। विभागले अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.