हेटौँडामा चट्याङ लागेर ३७ वर्षीया महिला गम्भीर घाइते

शुक्रबार अपराह्न करिब ४ बजे घरबाहिर भित्री सडकमा मोबाइल चलाउँदै हिँडिरहेकी स्थानीय केशवकुमार कार्कीकी श्रीमती ३७ वर्षीया चन्द्रावती रिमालमाथि एक्कासी चट्याङ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएकी रिमाललाई तत्काल उपचारका लागि सीएमसी हेटौँडा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ भने स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बसामाडीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइते रिमालको उपचारमा उनका श्रीमान् केशवकुमार कार्की र दाइ अमित रिमाल संलग्न रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.