मकवानपुरगढीमा दुईदिनदेखि हराइरहेका एक युवक खोल्सामा मृत फेला

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–४ कुसुमटार खोल्सामा एक युवक मृत अवस्थामा फेला परेका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीयले बिहीबार बिहान करिब ९ः३० बजे खोल्सामा घोप्टो परेको अवस्थामा ३७ वर्षीय बुद्धि बहादुर लोप्चनको शव फेला पारेका हुन्। लोप्चन मकवानपुरगढी–४ वाईबाडाँडा निवासी वीरबहादुर लोप्चनका छोरा हुन्।

प्रहरीका अनुसार लोप्चन साउन ११ गते दिउँसो करिब २ बजे परिवारलाई जानकारी नदिई घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। परिवारले खोजी गर्दा पनि फेला नपरेपछि साउन १२ गते इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा हराएको भन्दै निवेदन दिएका थिए।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट धादिङबाट प्रहरी सहायक निरीक्षक प्रेम भुजेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक प्रक्रिया पूरा गरेको जनाएको छ। उक्त स्थान इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ९ किलोमिटर पश्चिममा रहेको छ।

प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको थियो। पोष्टमार्टमपछि मृतकका भाइ सोमबहादुर लोप्चनले शव बुझेका छन्।

घटनाको कारण खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.