बागमती एमाले संसदीय दलको नेतृत्वमा थपलिया यथावत्

हेटौंडा, १६ साउन — नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियाले नै निरन्तरता पाउने भएका छन्। नेता परिवर्तनको चर्चा चलिरहेका बेला शनिबार अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले थपलियालाई नै दलको नेतामा कायम राख्ने सहमति गरेको हो।

मुख्यमन्त्री बन्ने दौडसँगै शुक्रबार २५ सदस्यीय संसदीय दलमध्ये १९ सांसदले किरण थापा मगरको पक्षमा हस्ताक्षर गरेका थिए। तर शीर्ष नेतृत्वको निर्णयपछि नेतृत्व परिवर्तनको प्रयास रोकिएको छ।

यद्यपि नेतृत्व विवाद साम्य भए पनि बागमतीमा सरकार गठनका लागि आवश्यक अंकगणितीय चुनौती भने एमालेका लागि अझै बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.