पूर्वि मकवानपुरको बकैयामा खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता हुने

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आगामी पौष १९ गते खुला ५ किलोमिटर दौड प्रतियोगिता आयोजना हुने भएको छ । हात्तीखोला युवा क्लबको आयोजनामा पहिलोपटक यस्तो प्रतियोगिता हुन लागेको हो । स्थानीय स्तरमा खेलाडी उत्पादन र खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष तथा संयोजक जिकेश सापकोटाले जानकारी दिए ।

सामाजिक सेवामा क्रियाशील रहेको क्लबले यसअघि सरसफाइ अभियान, पोलमा सडक बत्ती जडानजस्ता कार्यक्रम गर्दै आएको छ । हाल भने खेलकुदलाई प्राथमिकतामा राख्दै नयाँ खेलाडी उत्पादनमा केन्द्रित भएको सापकोटाले बताए । उनले क्लबले बकैयाका अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने तयारीसमेत गरिरहेको जानकारी दिए ।

दौड प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । साथै पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गर्ने खेलाडीलाई पनि नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.