त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब नवौँ एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा पुगेका छन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ ले तथा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्यो।
महिलातर्फ न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्। न्यु डायमन्डले एपीएफ क्लबलाई ३–० ले हरायो भने पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्यो।
महिला र पुरुष दुवैतर्फको फाइनल खेल भोलि हुनेछ। महिलाको फाइनल दिउँसो १ बजे र पुरुषको फाइनल दिउँसो साढे ३ बजे सुरु हुनेछ।
प्रतिकृया दिनुहोस्






















































