जनमत नाप्न मैदानमा कांग्रेस नेतृत्व, सातै प्रदेशमा स्थलगत ‘रिपोर्ट कार्ड’ तयारी

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको जनमत र स्थानीय राजनीतिक अवस्था बुझ्न सातै प्रदेशमा नेताहरू खटाएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिले कमजोर मानिएका क्षेत्रहरूमा केन्द्रित भएर स्थलगत अध्ययन सुरु गरेको हो।

सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार प्रदेशगत भ्रमणका क्रममा पार्टी नेताहरूले जिल्लास्तरमा छलफल गर्दै संगठन, जनसमर्थन र स्थानीय मुद्दाको वास्तविक अवस्थाबारे जानकारी संकलन गर्नेछन्। ती विवरणहरू केन्द्रमा पठाइने र त्यसकै आधारमा आगामी प्रचार–प्रसार तथा निर्वाचन रणनीति तय गरिनेछ।

कांग्रेसले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई जिम्मेवारी दिएको छ। सबै प्रदेशबाट प्रतिवेदन प्राप्त भएपछि केन्द्रले समग्र रणनीति परिमार्जन गरी पुनः चुनावी मैदानमा उत्रिने तयारी गरेको कांग्रेसले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.