मनहरी–२ को मतगणनामा उज्यालो नेपाल पार्टी अघि

मकवानपुर। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ अन्तर्गत मनहरी गाउँपालिका–२ को मतगणनामा उज्यालो नेपाल पार्टी अघि देखिएको छ।
हालसम्म गणना भएको १ हजार २ सय मतमध्ये उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘चिम’ले २९१ मत प्राप्त गरेको छ। त्यसपछि नेपाली कांग्रेसको ‘रुख’ले १८६, राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ले १७०, नेकपा एमालेको ‘सूर्य’ले १६३ र नेकपाको ‘तारा’ले १५६ मत प्राप्त गरेका छन्।
त्यस्तै अन्यतर्फ ‘बदर’ले ११०, ‘भाले’ले ६१ र ‘गुलाफ’ले ३१ मत प्राप्त गरेका छन्।
यसैबीच, मकवानपुर जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ अर्थात् करिब ५९ प्रतिशत मतदान भएको थियो।
प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा १ लाख ५८ हजार ४ सय ३५ मतदातामध्ये ९५ हजार ३ सय १० मत खसेको थियो भने क्षेत्र नम्बर–२ मा १ लाख ५६ हजार ८ सय ९९ मतदातामध्ये ९१ हजार २ सय ४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.