अनौपचारिक श्रमिकहरुको अधिकारबारे हेटौँडामा परामर्श बैठक सम्पन्न

हेटौँडा — मकवानपुर महिला उत्थान समाजको आयोजनामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरोकारवालासँग श्रम ऐन तथा श्रम डेक्ससम्बन्धी परामर्श बैठक हेटौँडामा सम्पन्न भएको छ।
कार्यक्रममा सहभागीहरू अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू बिहान काम गरेर बेलुका जीविका चलाउने अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनीहरूको हकहित संरक्षणका लागि प्रभावकारी नीति तथा कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको थियो।
बैठकमा श्रम डेक्स कसरी स्थापना गर्ने र सामाजिक सुरक्षा कोषमा कसरी आबद्ध हुने भन्ने विषयमा प्रशिक्षण तथा छलफल समेत गरिएको थियो।
बैठककी सभाध्यक्ष कमला सुवेदीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउँदै उनीहरूको सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले श्रमिकहरूको अधिकार संरक्षणका लागि पालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले श्रम ऐन कार्यान्वयन तथा श्रम डेक्स स्थापना र सुदृढीकरणमा स्थानीय सरकार सक्रिय रहने बताए।
त्यस्तै, उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,मनहरी ३ का अध्यक्ष अनन्त अर्याल, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल तथा रोजगार संयोजक सुनिता लुइँटेल लगायत उपस्थित रहेको थियो। सहभागीहरुले आ–आफ्नो धारणा राख्दै श्रमिकहरूको हकहित संरक्षणमा समन्वय आवश्यक रहेको औँल्याए।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.