हेटौंडामा स्कुटर दुर्घटना : आमा–छोरा घाइते, बालकलाई थप उपचारका लागि चितवन रिफर

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ स्थित भिआईपी पुल नजिकको भित्री सडकमा स्कुटर दुर्घटना हुँदा एक महिला र उनका ५ वर्षीय छोरा घाइते भएका छन्।

मंगलबार साँझ करिब ५ः५३ बजे हेटौंडा–८ कमाने निवासी करिब ३० वर्षीया रिता गौतमले चलाएको ना.५२ प ११३३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चालक गौतमको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ भने पछाडि सवार ५ वर्षीय शिवांश खड्काको टाउको, दुवै हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेकाले हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी निरीक्षक बृजकिशोर शाह गोठको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। दुर्घटनाग्रस्त स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालकसँग आवश्यक सवारी कागजात रहेको र मदिरा सेवन नगरेको खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.