मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको साँस्कृतिक पर्व न्वागीको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ । आज मंगलबार एक सुचना जारी गर्दै गाउँपालिकाले यही आउदो भदौको २१, २२ र २३ गते बिदा दिने घोषणा गरेको हो ।
गाउँपालिकाभित्रका शिक्षणसंस्था तथा सरकारी कार्यालयहरू बन्द रहने सुचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले चेपाङ समुदायको महान पर्वको रूपमा रहेको न्वागीको अवसरमा सम्पुर्णमा सुख, शान्ति, सम्बृद्धिको कामना गर्दै हर्षोल्लासका साथ चाडपर्व मनाउन समेत अग्राह गरिएको छ ।
राक्सिराङ गाउँपालिकाले विगतका बर्षहरूमा समेत प्रथामिकताका साथ न्वागी पर्व र ल्होछार लगायत पर्वहरुमा समेत सार्वजनिक बिदा दिदैँ आएको थियो । यस गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ ।

प्रतिकृया दिनुहोस्



































