हेटौँडा । माइतीघरमा भइरहेको प्रदर्शनलाई लिएर जेन–जीहरुको “हामी नेपाल” ले आधिकारिक विज्ञप्ति जारी गरेको छ। संगठनले आफ्नो Discord Announcement मार्फत उक्त प्रदर्शन पूर्व राजनीतिक दलहरूले आयोजना गरेको भन्दै युवाहरूलाई सहभागी नहुन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “माइतीघरमा भइरहेको प्रदर्शन पूर्व राजनीतिक दलहरूको प्रदर्शन हो। युवाहरूलाई त्यस प्रदर्शनमा सहभागी नहुन अनुरोध गर्दछौँ।”
त्यस्तै, काठमाडौं उपत्यकामा जारी गरिएको कर्फ्यु आदेशलाई स्मरण गराउँदै संगठनले सबै युवाहरूलाई घरमै बस्न अपिल गरेको छ। “कर्फ्यु आदेश जारी भएकोले सबै युवाहरूलाई घरभित्रै रहन आग्रह गर्दछौँ,” जेन–जीले जनाएको छ।
प्रतिकृया दिनुहोस्






















































