हेटौंडा। मकवानपुरको हेटौडामा राजनितिक दलका भ्रातृ संस्था युवा संघ, वाईसिएल र तरुण दलका युवाहरू एकजुट भएर प्रदर्शन गरेका छन् ।आज दिउसो संस्थाहरुका युवाहरुले संविधानको रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गर्न, र सर्वपक्षीय बैठकको आयोजना गर्न माग गरेर प्रदर्शन गरेका हुन ।
सस्थाका युवाहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ र ‘संविधान मास्न पाँइदैन’ सहित लेखिएका प्लाकार्डसहित नाराबाजी गरेका थिए ।

प्रदर्शनमा युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, एमाले नेता सानु लामा, सुनिल लोप्चन , वाईसिएल जिल्ला अध्यक्ष मुक्ति तामाङ र नेविसंघ नेता ईश्वर पाठकको पनि सहभागिता रहेको थियो । उनीहरूले जंगी अड्डाले राष्ट्रपतिको नियन्त्रणमा राखेर राजनीतिक चलखेल गरेको आरोप लगाएका छन ।

प्रतिकृया दिनुहोस्



































