मकवानपुर । हेटौंडाका प्रकाशचन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन । प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेनाका बटालियन कमान्डर प्रकाश चन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डको साथ छाडेका हुन ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजकलाई पत्र लेख्दै उनले राजीनामा घोषणा गरेका हुन्। घट्ना क्रम निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद सहित नेकपा ९माओवादी केन्द्र० अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ पत्रमा उल्लेख गरिएको छ।
संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा प्रचण्डले बोल्ड डिसिजन लिन असन्तुष्ट जनाउँदै नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा घोषणा गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘मलाई थाहा छ मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो । यो परीक्षा पास गर्न चानचुने मेहनत पर्दैन । मलाई यो पनि थाहा छ म माथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छ । म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु ।
यो पत्रमा यत्ति चाहिँ भनौं मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिन । मैले कुनै फाइदा लिइनँ । निस्स्वार्थ विचारर नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ कतै कसैलाई मन दुखाएको भए यही पत्र मार्फत क्षमा माग्दछु।’
एमाले र माओबादीबाट बनेको नेकपा विभाजनपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो ।



































