ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित

नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो। पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभयो।

यससँगै ओली एमालेको नेतृत्वमा तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ। उहाँ २०७१ सालमा काठमाण्डौमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्ष निर्वाचित हुनुभएको थियो। त्यसपछि २०७८ सालमा चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिनुभएको थियो। यसअघि २०६५ सालमा काठमाण्डौमा भएको आठौं महाधिवेशनमा भने उहाँ झलनाथ खनालसँग पराजित हुनुभएको थियो।

अध्यक्ष पदका अर्का उम्मेदवार तथा पार्टीका पूर्व महासचिव ईश्वर पोखरेलले भने पहिलो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको हो।

यस्तै, नेकपा एमालेको महासचिव पदमा शङ्कर पोखरेल पुनः निर्वाचित हुनुभएको छ। यसअघि पनि महासचिवको जिम्मेवारी सम्हालिसक्नुभएका पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.