शिरशिया–बहुअरी खण्डमा सडक संरक्षण अभियान, अतिक्रमित संरचना हट्ने

सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत शिरशिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक क्षेत्रमा रहेका संरचना हटाउन र जोखिमयुक्त भवन तत्काल खाली गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यालयले सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गर्दै संरक्षण तथा विस्तारसम्बन्धी कार्य २०८३ वैशाख ६ गतेदेखि अघि बढाइरहेको जनाएको छ। उक्त कार्यका क्रममा केही भवन तथा संरचनामा क्षति पुगेको भए पनि ती स्थानमा अझै बसोबास तथा व्यापारिक गतिविधि सञ्चालन भइरहेकाले दुर्घटनाको जोखिम बढेको कार्यालयको भनाइ छ।

डिभिजन प्रमुखद्वारा जारी सूचनामा क्षतिग्रस्त तथा जोखिमयुक्त भवनमा नबस्न र त्यहाँ कुनै पनि व्यापारिक गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ। सूचनाको बेवास्ता गरी कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

त्यसैगरी, सडक सीमाभित्र रहेका बाँकी संरचनाहरू पाँच दिनभित्र स्वेच्छाले हटाउन कार्यालयले आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाइए सडक ऐन, २०३१ अनुसार डिभिजन कार्यालयले आफैं हटाउने जनाएको छ।

सडक विस्तार र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै कार्यालयले स्थानीय बासिन्दा तथा व्यवसायीलाई आवश्यक सहयोग गर्न अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.