काठमाडौं । हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ । नेपाली सेनाले आज भने कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको हो।
सेनाले जारी गरेको सूचना अनुसार भदौ २६ गते आज बिहान १० बजेसम्म कर्फ्यु खुला बताएको छ । अहिले किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या बढेको देखिन्छ ।
हिजोको तुलनामा आज भने नेपाली सेना सडकमा कम देखिएका छन । फेरी बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यु लगाइने सूचनामा उल्लेख छ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुनस् कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।
जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको भोलिपल्ट सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले देशभर कर्फ्यु जारी गरेको थियो ।
प्रतिकृया दिनुहोस्
























































