सुनाचुरी सामुदायिक वनद्वारा गरिब, विपन्न उपभोक्ता तथा संघ–संस्थालाई सहयोग हस्तान्तरण

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना गरिब तथा विपन्न उपभोक्ता र विभिन्न संघ–संस्थालाई  सहयोग हस्तान्तरण गरेको छ।

शनिबार वन समूहको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत गरिबी निवारण तथा महिला सशक्तीकरण शीर्षकको बजेट कार्यान्वयन गर्दै सहयोग सामग्री तथा रकम हस्तान्तरण गरिएको हो।

वन समूहका सचिव रमेश कार्कीका अनुसार सहयोगअन्तर्गत २ जना महिलालाई सिलाइ–कटाइ मेसिन,गरिबीका कारण जाडो मौसममा भुइँमै सुत्न बाध्य ४५ परिवारलाई काठबाट निर्मित खाट वितरण गरिएको छ।

त्यसैगरी शिक्षा क्षेत्रमा सहयोग गर्दै मनहरी–६ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, सुनाचुरीले स्थापना गरेको अक्षय कोषमा १० लाख रुपैयाँ थप गरिएको छ। यसअघि पनि वन समूहले उक्त अक्षय कोष स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।

स्वास्थ्य तथा खानेपानी क्षेत्रमा पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गत आमा समूह सञ्चालनका लागि ५० हजार रुपैयाँ, बृहत जोगिताल खानेपानी योजनालाई २ लाख रुपैयाँ सहयोग गरिएको छ।

त्यस्तै, मनहरी गाउँपालिकासँगको साझेदारीमा जनजागृति दुग्ध उत्पादक संस्थामार्फत उपभोक्तालाई बाछी वितरण गर्न १ लाख रुपैयाँ हस्तान्तरण गर्ने सम्झौता समेत गरिएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती–मनहरीका प्रमुख हेम थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मनहरी–६ का वडा अध्यक्ष युवराज थपलिया, मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत डटेन्द्र गोले, राष्ट्रिय मावि सुनाचुरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल मुक्तान, प्रधानाध्यापक सुभास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

वन समूहकी अध्यक्ष पार्वती मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.