सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गा कित्ताकाट गर्न मिल्ने व्यवस्था गरेको छ। भू–उपयोग नियमावली, २०७९ को तेस्रो संशोधनअनुसार प्रसारण लाइनको राइट अफ वे क्षेत्रमा पर्ने जग्गाको स्वामित्व जग्गाधनीकै नाममा राखी कित्ताकाट गर्न पाइने भएको हो। यो व्यवस्था कात्तिक २७ गते राजपत्रमा प्रकाशित भई लागू भइसकेको छ।
तारमुनिको जग्गा कित्ताकाट गर्न पाइए पनि घर बनाउने, अग्ला रुख रोप्ने वा जोखिमयुक्त काम गर्न भने पाइँदैन। सुरक्षाका लागि प्रसारण लाइनको केन्द्रबाट दायाँ–बायाँ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे भनिन्छ।
राइट अफ वेको चौडाइ लाइनको क्षमताअनुसार फरक हुन्छः
६६र१३२ केभी स् १८ मिटर
२२० केभी स् ३० मिटर
४०० केभी स् ४६ मिटर
टावर रहने ठाउँको जग्गा आयोजना आफैंले किन्छ, तर राइट अफ वेभित्रको जग्गा जग्गाधनीकै नाममा रहने र त्यसको १०–२५ प्रतिशत क्षतिपूर्ति दिइन्छ। आयोजनाबाट क्षतिपूर्ति दिएको प्रमाण पेश गरेपछि यस्तो जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको हो।






















































