माघ ६ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यी उम्मेदवारहरूले स्वेच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
त्यस्तै, देशभर ५ जना उम्मेदवारविरूद्ध दाबी–विरोध दर्ता भएकोमा, एकजनाको उम्मेदवारी खारेज गरिएको छ। खारेज हुनेमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरी रहेका छन्। आयोगका अनुसार उनको उम्मेदवारी खारेज प्रक्रिया नियम अनुसार अघि बढाइएको हो।
प्रतिकृया दिनुहोस्






















































