झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ६५४ मत प्राप्त गरेका छन्। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले ३ हजार ११ मत प्राप्त गरेका छन्। यससँगै बालेन र ओलीबीच १० हजारभन्दा बढी मतान्तर देखिएको छ।
यस्तै श्रम संस्कृति पार्टी का समिर तामाङ ले १ हजार ५१७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस की मंधरा चिमरिया ले ४ सय ३ मत पाएकी छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ ले ३ सय ७० मत प्राप्त गरेका छन्।
झापा–५ मा मतगणना कार्य अझै जारी रहेको छ। हालसम्मको नतिजाले बालेन शाहको बलियो अग्रता देखाएको छ।
प्रतिकृया दिनुहोस्























































