एमालेले जितेका ७ क्षेत्र र उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)ले हालसम्म सात निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। विभिन्न जिल्लामा एमालेका उम्मेदवारले प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

धनकुटा–१ मा एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन्।

इलाम–२ मा सुहाङ नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका छन्। कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याएका छन्।

त्यसैगरी ताप्लेजुङ–१ मा क्षितिज थेबे १३ हजार ९६२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गजेन्द्र लिम्बुले ११ हजार ७११ मत प्राप्त गरेका छन्।

दार्चुला–१ मा गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी भएका छन् भने कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका छन्।

दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल २३ हजार ८८९ मतसहित विजयी भएका छन्। कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरेका छन्।

त्यसैगरी बझाङ- ऐनबहादुर महर १८ हजार ५४३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।

बाँके–२ मा एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.