ग्यास अभाव नियन्त्रण गर्न निगमको नयाँ निर्णय: आज देखि आधा सिलिन्डर मात्रै बिक्री

बजारमा देखिएको एलपी ग्यासको अभाव व्यवस्थापन गर्न नेपाल आयल निगम ले नयाँ व्यवस्था लागू गर्ने भएको छ। निगमले शुक्रबारदेखि उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने निर्णय गरेको जनाएको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट का अनुसार अब उपभोक्ताले ७.१ केजी तौल बराबरको आधा सिलिन्डर ग्यास मात्र खरिद गर्न पाउनेछन्। यसको मूल्य हाल कायम रहेको पूर्ण सिलिन्डरको मूल्यको आधा नै हुने बताइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण ग्यासको माग बढ्नुका साथै आपूर्ति प्रणालीमा समस्या देखिएकाले यस्तो व्यवस्था लागू गर्न लागिएको उनले बताए। सबै उपभोक्तासम्म ग्यास समान रूपमा उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको निगमको भनाइ छ।

नयाँ व्यवस्थासँगै ग्यास वितरण प्रणाली अझ प्रभावकारी बन्ने निगमले अपेक्षा गरेको छ। यसअघि एक हजार उपभोक्तासम्म मात्रै ग्यास पुग्ने अवस्थालाई परिवर्तन गर्दै अब करिब दुई हजार उपभोक्तासम्म ग्यास पुर्‍याउन सकिने अनुमान गरिएको छ।

साथै, यो निर्णयले अनावश्यक रूपमा ग्यास भण्डारण गरेर राख्ने प्रवृत्तिमा पनि कमी आउने निगमको विश्वास छ। आधा सिलिन्डर भएकाले दीर्घकालीन रूपमा ग्यास थुपारेर राख्ने सम्भावना कम हुने निगमले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.