हेटौंडा, १९ जेठ । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ क्षेत्रमा खानतलासी गर्ने क्रममा २३ वर्षीय समिर क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार क्षेत्रीले आफ्नो साथमा रहेको खैरो हेरोइनजस्तो देखिने पदार्थ फाल्न खोजेका थिए। प्रहरीले उक्त पदार्थ बरामद गरी परीक्षण गर्दा ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइन रहेको जनाएको छ।
पक्राउ परेका क्षेत्रीविरुद्ध मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस्

















