मकवानपुर भमफेदी गाँउपालिका ८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा ट्रक दुर्घटना भएको छ । बिरगंजबाट काठमाण्डौ तर्फ औषधी लोड लिई जादै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भई अनियन्त्रीत हँुदा बाटोमा नै पल्टीएर दुर्घटना भएको छ।
ट्रक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका १ बस्ने अंदाजी बर्ष ४० को बिनोद माझी सकुसल े प्रहरीेको सम्पर्कमा आएको बताइएको छ।
ट्रक घटनास्थलमा नै रहेकोले बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ। दुर्घटनास्थलबाट ट्रक हटाउने पहल भईरहेको जानकारी
प्राप्त भएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यलय ठिंगनबाट ८ किलो मिटर उत्तरमा पर्छ ।
प्रतिकृया दिनुहोस्



































