कन्टेनरमा मोटरसाइकल ठोक्किँदा मकवानपुरगढीका अधिकारीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चितवनतर्फबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखेको अवस्थामा मोटरसाइकल गएराति ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा लमजुङको बेसीशहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट ट्राफिकसहितको टोलीद्दारा उद्धारपछि घाइतेहरूलाई अस्पताल पठाइएको थियो ।

कन्टेनर चालक पर्साको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली राम राति १ बजेतिर प्रहरीको सम्पर्कमा आएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.