नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा २४ सय ६३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिले जानकारी दिएका छन् ।
पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहने उनले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको परिचयपत्र ९कार्ड० छपाइको कार्य सुरु गरिसकिएको छ ।
प्रतिकृया दिनुहोस्






















































