चुनावी प्रचारमा कडाइ : १० झण्डा मात्र, घरदैलोमा २५ जनाको सीमा

निर्वाचन आयोगले चुनाव प्रचारमा झण्डा र अन्य सामग्रीको दुरुपयोग रोक्न नयाँ आचारसंहिता प्रस्ताव गरेको छ। आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दल वा उम्मेदवारले आमसभा, जुलुस, घरदैलोमा बढीमा १० वटा झण्डा मात्र प्रयोग गर्न पाउनेछन्।

डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन, बाजागाजा, झाँकी, सवारी साधनमार्फत र्‍याली तथा श्रव्य–दृश्य सामग्रीको प्रयोग निषेध गरिएको छ। घरदैलो गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

अनलाइन, टिभी, एटिएम, सडक नाटकलगायत माध्यमबाट प्रचार गर्न नपाइने भए पनि एउटा आधिकारिक वेबपेजमा मात्र प्रचार सामग्री राख्न पाइनेछ।

आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यो आचारसंहिता प्रस्ताव गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.