एमालेका तर्फबाट मकवानपुरका दुई निर्वाचन क्षेत्रमा राना र बर्तौलाद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ।
एमालेबाट टिकट प्राप्त गरेका राना र बतौलाले आज दिउँसो एमाले मकवानपुरको पार्टी कार्यालयमा भेला भई र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.